
बैंकिङ खबर/ प्राथमिक सेयर (आईपिओ) पर्न छाडेपछि पछिल्लो समय आईपिओ भर्नेको संख्या घटेको छ । नेपाल क्लियरिङ एण्ड सिडिएससीका अनुसार पछिल्लो समय ४५ प्रतिशतभन्दा बढी लगानीकर्ताले आईपीओ भर्न छाडेका छन् ।
बजार घटेसँगै लगानीकर्ताको आकर्षण पनि कम हुँदै गएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउनुहुन्छ । चर्को आस्बा शुल्कका कारण पनि लगानीकर्ताको आकर्षण घटेको ब्रोकरहरुको भनाइ छ ।
कोभिड–१९ को समयमा पनि डिम्याट र मेरो सेयरको खाता खोल्नेको संख्या सात गुणाभन्दा बढीले बढेको थियो । पछिल्लो तथ्यांकअनुसार अपर सोलु हाइड्रो कम्पनीको आइपिओमा १४ लाख ४६ हजारले मात्र आवेदन दिए । अहिले बढ्दो डिम्याट खाता र चर्को आस्बा शुल्ककै कारणले लगानीकर्तामा आकर्षण घटेको लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेल बताउनुहुन्छ ।
कुन बैंकको कति शुल्क
- नबिन बैंक निःशुल्क
- एनआइसी एसिया बैंक निःशुल्क
- राष्ट्रिय वाणिज्य बैंक निःशुल्क
- कृषि विकास बैंक – १०
- बैंक अफ काठमाण्डू – १०
- नेपाल बंगलादेश बैंक -१०
- सिभिल बैंक – २०
- माछापुच्छ्रे बैंक १०
- सन्राइज बैंक १०
- सिद्धार्थ बैंक १०
- प्रभु बैंक १०
- नेपाल इन्भेष्टमेन्ट बैंक २०
- एनएमबि बैंक २०
- सिटिजन बैंक २०
- एभरेष्ट बैंक २०
- कुमारी बैंक २०
- सानिमा बैंक २०
- लक्ष्मी बैंक २५
- नेपाल बैंक १०
- प्राइम कमर्सियल बैंक १०
- नेपाल एसबिआइ बैंक २५
- सेन्चुरी कमर्सियल बैंक २५
- स्ट्यान्डर्ड चार्टर्ड बैंक १००
- ग्लोबल आइएमई बैंक १५
- नेपाल क्रेडिट एन्ड कमर्स बैंक १०
- मेगा बैंक २५
- हिमालयन बैंक २०