
बैंकिङ खबर/ आजभोली धमाधम रुपमा कम्पनीहरुको साधारण सेयर(आईपीओ) खुल्न थालेको छ ।
आईपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गरेका छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् । जसलाई सी–आस्वा सेवा भनिन्छ ।
यसरी ग्राहकलाई सी-आस्वा सेवा दिएवापत शुल्क लिनको लागि बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने हुन्छ ।
सी–आस्वा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । तर यस्तो प्रकारको सेवा दिए वापत १२ वटा वाणिज्य बैंकहरुले मात्र शुल्क तोकेका छन् भने बाँकी १५ वटा वाणिज्य बैंकले निःशुल्क सी–आस्वा सेवा ग्राहकलाई दिइरहेका छन् ।
सी–आस्वा सेवा दिएवापत १२ वटा वाणिज्य बैंकले १ रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क तय गरेका छन् । जसमा सबैभन्दा बढी स्ट्यान्र्डड चार्डर्ट बैंकले १ सय रुपैयाँ र सबैभन्दा थोरै प्रभु बैंकले १ रुपैयाँ सी–आस्वा शुल्क तोकेको छ ।
त्यस्तै नेपाल बैंक, नेपाल एसबीआइ बैंक र लक्ष्मी बैंकले २५ रुपैयाँ शुल्क तोकेका छन् । साथै, सिटिजन्स बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक र कुमारी बैंकले २० रुपैयाँका दरले सी–आस्वा शुल्क तोकेका छन् ।
यसैगरी, कृषि विकास बैंक र सनराइज बैंकले १० रुपैयाँका दरले आश्वा शुल्क तय गरेका छन् । यसबाहेका सबै वाणिज्य बैंकहरुले ग्राहकलाई निःशुल्क सी–आस्वा सेवा दिइरहेका छन् ।
कुन बैंकको कति शुल्क
- नबिन बैंक निःशुल्क
- एनआइसी एसिया बैंक निःशुल्क
- राष्ट्रिय वाणिज्य बैंक निःशुल्क
- कृषि विकास बैंक – १०
- बैंक अफ काठमाण्डू – १०
- नेपाल बंगलादेश बैंक -१०
- सिभिल बैंक – २०
- माछापुच्छ्रे बैंक – १०
- सन्राइज बैंक – १०
- सिद्धार्थ बैंक – १०
- प्रभु बैंक – १०
- नेपाल इन्भेष्टमेन्ट बैंक – २०
- एनएमबि बैंक – २०
- सिटिजन बैंक – २०
- एभरेष्ट बैंक – २०
- कुमारी बैंक – २०
- सानिमा बैंक – २०
- लक्ष्मी बैंक – २५
- नेपाल बैंक – १०
- प्राइम कमर्सियल बैंक – १०
- नेपाल एसबिआइ बैंक – २५
- सेन्चुरी कमर्सियल बैंक – २५
- स्ट्यान्डर्ड चार्टर्ड बैंक – १००
- ग्लोबल आइएमई बैंक – १५
- नेपाल क्रेडिट एन्ड कमर्स बैंक – १०
- मेगा बैंक – २५
- हिमालयन बैंक – २०