August 9th, 2022

ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू


बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरका ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमध्ये ६० प्रतिशत अर्थात् ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४४ करोड बराबरको ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गर्नेछ । सर्वसाधारणलाई विक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँड गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]