
बैंकिङ खबर/ धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारण समुह तर्फको ३ करोड ३१ लाख कित्ता मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बाँडफाँड पश्चात बल्ल सर्वसाधारणका लागि बाँकी रहेको तीन लाख ९ हजार २९५ कित्ता निष्काशन गर्नेछ ।
सर्वसाधारणले छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।
आइपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।