Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पिपुल्स हाइड्रोपावरको आईपीओ ३१ साउनदेखि खुल्ने

२०७९ श्रावण २२ गते

बैंकिङ खबर/ पिपुल्स पावर लिमिटेडको आईपीओ ३१ साउनदेखि खुल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

Ad