Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्तीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने

२०७९ श्रावण १८ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्पतीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार चालु आवका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यसअघि सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा संस्थागत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने वयवस्था थियो ।

यस्तै केन्द्रीय बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंकहरुले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने व्यवस्था गरेको छ । अन्यथा निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

यसअघि स्वदेशी मुद्रामा मात्रै आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्वप्रकाशित गरिसक्नुपर्ने व्यवस्थामा अब विदेशी मुद्राको निक्षेपमा पनि लागू हुने व्यवस्था गरेको छ ।

यस्तै बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

हेर्नुहोस्