Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर डा. नेपाल नेतृत्वको टोली भुटान प्रस्थान

२०७३ आश्विन १२ गते

Dr_Chiranjibi_Nepalनेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल आज भुटान प्रस्थान गरेका छन् । भुटानी समकक्षी दासो द तेन्जिङको औपचारीक निमन्त्रणमा गभर्नर नेपाल बुधबार थिम्पुतर्फ प्रस्थान गरेका हुन् । उनका साथमा विदेशी मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव अधिकारी र राष्ट्र बैंकका सह–प्रवक्ता राजेन्द्र पण्डित पनि भुटान गएका छन् । बिहिबार थिम्पुमा हुने रेमिटेन्ससम्बन्धी सेमिनारलाई गभर्नरले सम्बोधन गर्नुका सार्थ आफ्नो प्रजेन्टेशन समेत दिनेछन् । गभर्नरसहितको टोली आगामी शनिबार स्वदेश फिर्ता हुने गभर्नरको कार्यालयले जनाएको छ ।