२०७३ आश्विन १२ गते

वेस्टर्न डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्विकृत

westernवेस्टर्न डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको हकप्रद निष्काशनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्विकृत गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीबाट २० प्रतिशत बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । 

हाल वेस्टर्ड डेभलपमेन्ट बैंकको चुक्तापुँजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस वितरणपछि बैंकको पुँजी १८ करोड ८२ लाख रुपैयाँ पुग्नेछ । उक्त पुँजीबाट शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ३७ करोड नाघ्नेछ ।