२०७३ आश्विन १२ गते

खुल्यो बैंक अफ काठमाण्डू लुम्बिनीको सेयर कारोबार

boklबैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई बनेको बैंक अफ काठमाण्डू लुम्बिनीको शेयर कारोबार बुधबारदेखि खुलेको छ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जलाई शेयर कारोबार खुलाईदिनका लागि पत्राचार गरे पछि बुधबारदेखि बैंकको शेयर कारोबार खुलेको हो । 

मर्जर सम्झौता गरे पछि गत पुस ९ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार १० महिना पछि खुलेको हो । मर्जरपछि बैंकको चुक्ता पूँजी ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।