Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीतिपछि राष्ट्र बैंकद्वारा पहिलो पटक रिपो जारी

२०७९ श्रावण १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिपछि पहिलो पटक रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गर्न लागेको हो।

प्रणालीमा तरलता अभाव चर्किएर बैंक तथा वित्तीय संस्थाहरु दबाबमा परेपछि राष्ट्र बैंकले नयाँ आर्थिक बर्षमा पहिलो पटक रिपो जारी गर्न लागेको हो ।
अहिले तरलता अभावका कारण बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) उठाइरहेका छन् ।

राष्ट्र बैंकले निर्देशन जारी नै नगरी मौद्रिक नीतिमा भएको घोषणाका आधारमा एसएलएफको ब्याज सातबाट साढे ८ प्रतिशत लिन थालिसकेको छ ।यस्तोमा रिपोको ब्याज केही कम पर्न सक्छ । स्थायी तरलता सुविधा बैंकहरुले जुनसुकै बेला पाउँछन्। रिपो भने राष्ट्र बैंकले चाहेका बेलामा मात्र निष्काशन हुन्छ । राष्ट्र बैंकले सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।