Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तरबैंक ब्याजदर उच्च, बैंक ब्याजदर पनि बढ्ने संकेत !

२०७९ श्रावण १० गते

बैंकिङ खबर/ अन्तरबैंक र ट्रेजरी बिलको ब्याजदर उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ८ गते अन्तरबैंक ब्याजदर बढेर ८.४५ पुगेको छ । साउन ७ गते यस्तो ब्याजदर ७ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकले बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने नीति अवलम्बन गरेको छ । त्यसको प्रत्यक्ष प्रभाव बैंकिङ प्रणालीमा पर्न थालेको देखिन्छ ।

अन्तरबैंक ब्याजदरसँगै ट्रेजरी बिलको ब्याजदर पनि झन्डै १४ प्रतिशत पुगिसकेको छ । यसअघि ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत माथि थियो।

ट्रेजरी बिलमा बैंकहरुले १३.९९ प्रतिशत ब्याजदरको बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा बैंकहरुले ट्रेजरी बिलको सबैभन्दा उच्च १३.९९% ब्याज प्रस्ताव गरेका छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले २८ दिनका लागि १०.३४९१% र ९१ दिनका लागि ९.९८०१% सम्म ब्याजदर प्रस्ताव गरी ट्रेजरी बिल खरिद गरेका थिए ।

राष्ट्र बैंकले मंगलबारदेखि जारी गरेको २८ दिनका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको गरी कुल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेकोमा बैंकहरुले १३.९९% सम्म ब्याज लिने गरी खरिद गरेका हुन् ।

यसरी ट्रेजरी बिलको उच्च ब्याजका कारण सम्रग बैंकिङ प्रणालीमा तरलताको चरम अभाव हुनुुका साथै ब्याजदर पनि बढ्ने जानकारहरु बताउँछन् ।

ट्रेजरी बिलको ब्याजदर डबल डिजिटमा भएको आफूले पनि पहिलोपटक देखेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउनुहुन्छ ।

एउटा मिनिमम लेभलको सरकारी सेक्युुरिटिज होल्ड गर्नुपर्ने बाध्यताले बैंकहरुले ट्रेजरी बिल खरिद गर्ने उहाँको भनाइ छ । अर्कोतर्फ ट्रेजरी बिलको ब्याज बढ्नुु भनेको मार्केट इन्ट्रेस्ट रेट माथि जाँदैछ भन्ने संकेत रहेको पोखरेलको भनाइ छ ।