Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु.१३ अर्ब

२०७९ श्रावण १० गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन ९ गते एकैदिन बैंकिङ प्रणालीबाट १३ अर्ब रुपैयाँ बाहिरिएको हो।

योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। यसअघि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो।

यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। साउन ८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा ९ गतेसम्म घटेर ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको छ।

यसैगरी साउन ९ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर छ। साउन ८ गते पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ नै थियो। साउन ९ गते पनि कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ नै रहेको छ।

साउन ९ गते बैंकहरुको औसत सीडी रेसियो थोरै बढेर ८७.७१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ८७.६२ प्रतिशतमा सीमित थियो। साउन ९ मा अन्तरबैंक ब्याजदर भने बढेर ८.४९ प्रतिशत रहेको छ।