Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको सर्वेक्षणः तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत(पूर्णपाठ)

२०७९ श्रावण ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ।

सर्वेक्षण अन्तर्गत राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको थियो। सर्वेक्षण आएका परिणामहरु ११४१ सहरी व्यक्तिको प्रतिक्रियामा आधारित छन्।

अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्ति थपिएको राष्ट्र बैंकले जनाएको छ। सर्वेक्षणका क्रममा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९४.४ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ।

हेर्नुहोस् पूर्णपाठ