२०७३ आश्विन ११ गते

मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ आउँदै

ipoमैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ६८ हजार १४३ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निश्कासनको अनुमति माग गर्दै गत साता नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।