Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अघिल्लो मौद्रिक नीतिका अधिकांश व्यवस्था लागू : राष्ट्र बैंक

२०७९ श्रावण ६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिका अधिकांश व्यवस्था लागू भएको बताएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/०७९ मा अधिकांश व्यवस्था लागू भइसकेको बताउनुभया ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राखिने लक्ष्य राखेकोमा मुद्रास्फीति ६.०९ प्रतिशत कायम रहेको उल्लेख छ।

आर्थिक वर्ष २०७८/७९ मा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिने लक्ष्य राखेको थियो।

२०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलर ९ अर्ब ४५ करोड कायम रहेको छ। उक्त सञ्चिति ६।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको वार्षिक समिक्षाले देखाएको छ।

आर्थिक वर्ष २०७८०७९ मा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशतमा सीमित गरिने लक्ष्य राखेको थियो।