२०७३ आश्विन ११ गते

बोलकबोलबाट आउँदैछ एनबि इन्स्योरेन्सको ४३ लाख कित्ता हकप्रद

nbएनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले ४३ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरको लागि २०७३ साउन २३ गते देखि २०७३ भदौ २६ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ १ हजार ६ सय कित्ता र सर्वसाधारण समूह तर्फ ४१ हजार ८ सय ३७ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

असोज २८ गते देखि विक्रि खुला गरिने हकप्रदको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति कार्तिक ५ रहेको छ । शेयरको न्युनतम मुल्य प्रति शेयर रु १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।