Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीति : खास के छ ? बुँदा-बुँदामा अध्ययन सामग्री !

२०७९ श्रावण ६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । 

खास के छ ? बुँदा-बुँदामा

  •  बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको हो । यसले बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने छ ।
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । नयाँ मौद्रिक नीतिमा कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत आवमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।

  • कर्जा केन्द्रिकरण  घटाइने

  • विद्युतीय भुक्तानी बढाउन विशेष पहल गर्ने 

  • सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो ।
  • अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरिएको छ ।
  • कोभिड – १९ का कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा 
  • मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था
  • डिजिटल साक्षरता वृद्धि गर्दै वित्तीय दायर वृद्धिमा जोड