July 17th, 2022

डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघ्यो

बैंकिङ खबर/ डिम्याट खाता खोल्नेको संख्या ५२ लाख नाघेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार दुई सय ५१ पुगेको हो ।

त्यस्तै, मेरो सेयर लिनेको संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो समय प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या बढेको छ ।

अघिल्लो असारमा डिम्याट खाता खोल्नेको संख्या ३४ लाख रहेको थियो । लगानीकर्ताले हाल ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बाका माध्यमबाट साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]