Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ डेभलपमेन्ट बैंकका सेयरधनीलाई २४ प्रतिशत वोनस सेयर

२०७३ आश्विन १० गते
सेयर:

siddharthसिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २४ प्रतिशत वोनस सेयर दिने भएको छ । विगत तीन वर्षदेखि लाभांश सिदन नसकेको बैंकले गत वर्षको नाफाबाट भने वोनस सेयर दिने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् । 

हाल बैंकको चुक्तापुँजी एक अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्ष ३३ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको जगेडा कोषमा ५३ करोड ४५ लाख रुपैयाँ छ । २४ प्रतिशत वोनस सेयरपछि पुँजी एक अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।