
बैंकिङ खबर/ सेञ्चुरी बैंक प्रभु बैंकमा गाँभिन भएको छ । असार मसान्तभित्रै मर्जरको सम्झौता गर्ने गरिने तयारी गरिएको जनाइएको छ ।
सेञ्चुरीले स्वाप रेसियो १ः१ मागेको र प्रभु ९५ दिन तयार भएको बुझिएको छ ।
प्रभु बैंकले पनि सेञ्चुरीसँग मर्जरका विषयमा छलफल भएको जनाएको छ । मर्जरपछि बैंकको नाम प्रभु बैंक नै रहनेमा सेञ्चुरीका सञ्चालकहरु सहमत छन् । कर्मचारी व्यवस्थापनमा पनि खासै इस्यू छैन ।
यी दुई बैंकबीच यसअघि पनि मर्जरको डिल फाइनल भएको थियो । सेञ्चुरी बैंकको मर्जर कमिटिले प्रभु बैंकसँग मर्जरमा जाने निर्णय नै गरेको थियो । त्यसबेला स्वाप ८५ तय गरिएको थियो ।
तर, सेञ्चुरीका केही सञ्चालकहरुले माछापुच्छ्रेसँग कुरा अघि बढाएका थिए । माछापुच्छ्रेसँग गएर प्रभुले ९० दियो भन्ने अनि प्रभुसँग आएर माछापुच्छ्रेले ९० दियो त्यो भन्दा बढी चाहियो भन्दै सेञ्चुरीका सञ्चालकहरुले बार्गेनिङ गरेका थिए । त्यसपछि भने दुबै बैंकसँगको डिल स्थगित भएको थियो ।
अहिले प्रभुले ९५ दिन तयार भएपछि डिल करीबकरीब फाइनल भएको हो । प्रभु बैंकका सबैभन्दा ठूला लगानीकर्ता देवीप्रकाश भट्टचनले नै सेञ्चुरीसँग मर्जरको डिल गरेको बुझिएको छ ।