Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अप्पर सोलु हाइड्रोपावरको आइपीओमा ११ लाख बढीको आवेदन

२०७९ असार २२ गते

बैंकिङ खबर/ अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको साधारण शेयरमा ११ लाख बढी आवेदकको आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्गको अनुसार बुधबार साँझ ५ बजेसम्ममा ११ लाख ९ हजार ७६२ जना आवेदकबाट १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ४६ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असार २३ गते नै बन्द हुनेछ ।

Ad