सहारा विकास बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले असोज १४ गतेबाट तीन लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको छ । यो सेयर भदौ २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउने छन् । कम्पनीको सेयर कात्तिक १८ गतेसम्म भर्न पाइन्छ ।
बैंकले राष्ट्र बैंकको निर्देशन अनुरुप पुँजी बढाउनका लागि हकप्रद सेयर दिन लागेको हो । हाल बैंकको चुक्ता पुँजी दुई करोड ३६ लाख रुपैयाँ रहेको छ ।