Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति

२०७९ असार १९ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ। 

सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत असार ६ गते थप ६ कम्पनी र असार १७ गते थप ३ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो।

स्वीकृति प्राप्त गर्ने कम्पनी तथा संस्थाहरुमा गौर नेपाल इन्भेस्टमेन्ट प्रालि, नबिल ब्यालेन्स्ड् फन्ड–३, पशुपति भेन्चर क्यापिटल लिमिटेड, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक, सिद्धार्थ व्यवस्थित लगानी योजना, प्रभर लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबि सरल बचत फन्ड–इ रहेका छन्। योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको संख्या १०९ पुगेको छ। 

Ad