Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१२० प्रतिशत हकप्रद जारी गर्दै सेवा विकास बैंक : धितोपत्र बोर्डले दियो स्विकृति

२०७३ आश्विन ८ गते

sewaसेवा विकास बैंकले एक सय २० प्रतिशत हकप्रद सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने दौडमा रहेको बैंकले एक सय बीस प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो । बैंकले हाल कायम एक सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आबेदन दिएको थियो । बोर्डले असोज ६ गते स्वीकृति दिएको हो । ४२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको १२० प्रतिशत हकप्रद जारी पछि ९३ करोड नाघ्ने छ । सेवाले गतआर्थिक बर्षमा १० करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।