
बैंकिङ खबर/ नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न सबैले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स संघको नव निर्वाचित कार्यसमितिको सपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र सुधारको लागि सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थ व्यवस्था सहज र सबल बनाउन सबैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। उहाँले सीएहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने बताउनुभयो । कोरोना महामारी पछि रुस–युक्रेन युद्धको असर विश्वभर परेको र यसबाट नेपाल समेत प्रभावित भएको भन्दै अर्थतन्त्रमा नयाँ चुनौती थपिएको उहाँको भनाइ छ ।


