नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर प्रभावित हुन सक्ने जोखिम औँल्याएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्सको आप्रवाह वृद्धि कमजोर बनेका कारण यसले आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्न सक्ने औँल्याएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको ५ महिनाभित्र रेमिट्यान्स बृद्धि दर २.५ प्रतिशतले ओरालिएको छ । एक महिनामा ५१ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो बर्षको पहिलो महिनामै बृद्धि दर २६.३ प्रतिशत थियो ।
शोधानान्तर घाटा
नेपालबाट बाहिरिने रकमको मात्रा बढी भएकाले झन्डै तीन बर्षपछि शोधनान्तर घाटा भएको छ । साउन महिनामा देशको शोधनान्तर अवस्था दुई अर्ब १३ करोड रुपैयाँले ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ ।


