लगानीकर्ताको मागमा हाम्रो पनि समर्थन छः मेयर बालेन


Bankingkhabar /June 22, 2022

बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभएको छ । धितोपत्र बोर्डको कार्यालय परिसरमा अनशन बसिरहनुभएका तिलक कोइरालालाई बुधबार भेट गरी सो कुरा बताउनुभएको हो ।

पुँजी बजार विकास तथा सुधारको माग राख्दै लगानीकर्ता तिलक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ । त्यहाँ पुगेर मेयर बालेन्द्रले कतिपय ठाउँमा ‘मिस युज’ भएको भन्दै समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उनले भने, ‘लगानीकर्ताको मागमा हाम्रो पनि समर्थन छ। हाम्रोतर्फबाट के गर्न सकिन्छ त्यसमा लाग्छौँ। बजारलाई खस्काउने होइन बलियो बनाउनतर्फ लाग्नुपर्छ। सबै निकाय गम्भीर हुनुपर्छ।’

 

Spread the love

सोसिअल मेडिया