June 21st, 2022

दोर्दीखोला जलविद्युतको आईपीओ आज बाँडफाँड हुँदै, यसरी हेर्नुहोला रिजल्ट ?

बैंकिङ खबर/ दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।
कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ जारी गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो।

यो आईपीओमा १५ लाख ६४ हजार ५०० भन्दा बढी आवेदकबाट १ करोड ७९ लाख ३३ हजार बढी कित्ता सेयर माग भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथा बाँडफाँड हुनेछ। गोलाप्रथाबाट २ लाख १ हजार ९८६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकबाट भाग्यमानी ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। यो हिसाबले १३ लाख ६२ हजार ५०० आवेदकको हात खाली हुनेछ।

कसरी हेर्ने रिजल्ट

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भईसकेपछि  रिजल्ट विभिन्न ४ तरिकाले हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वेबसाइट https://www.siddharthacapital.com, सिडिएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/ दोर्दीखोला जलविद्युत हाइड्रोपावरको वेबसाइट https://dordikhola.com.np/ बाट हेर्न सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]