Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो सेयर बजार : ४३ कम्पनीका सेयरधनीले कमाए 

२०७३ आश्विन ६ गते
सेयर:

Stock price decliningकारोबार खुलेको सुरुमा बढेको सेयर बजार अन्त्यमा घटेरै बन्द भएको छ । १२.२२ अंकले घटेर नेप्से परिसूचक १७६६.९१ अंकमा कायम भएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य घटेको छ । बुधबार झन्डै ९५ करोडको कारोबार भएको बजारमा विहीबार ९० करोडमाथिको कारोबार भएको छ । दिनभरिमा एक सय ४० वटा कम्पनीको ९ लाख १६ हजार दुई सय ३३ कित्ता सेयर पाँच हजार दुई सय ४० पटक खरिदविक्रि हुँदा कुल ९० करोड ११ लाख ५३ हजार छ सय ३५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

विहीबारको सेयर बजार उत्पादनमूलक र बैंकिङ समूहले घटाएका छन् । उत्पादनमूलक ६७.३६ अंकले घटेको छ भने बैंकिङ १९.६३ अंकले घटेको छ । विकास बैंक र फाइनान्स पनि क्रमशः ९.४५ र १.११ अंकले घटेका छन् । होटल, जलविद्युत्, बीमा र अन्य क्रमशः २३.७३, ६.०३, ६.६९ र ४.६३ अंकले बढेका छन् । 

नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै छ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार हुँदा शिखर इन्स्योरेन्सको पाँच करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको चार करोड ७१ लाख रुपैयाँ र सानिमा बैंकको चार करोड ४२ लाख रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । त्यस्तै, एनबी बैंकको तीन करोड ९१ लाख रुपैयाँ, एभरेष्ट बैंकको तीन करोड ६८ लाख, कृषि विकास बैंकको तीन करोड १८ लाख, नविल बैंकको तीन करोड, सिद्धार्थ बैंकको दुई करोड ६६ लाख र सनराइज बैंकको दुई करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

४३ वटा कम्पनीका लगानीकर्ताले विहीबार अधिकतम ९.९६ प्रतिशतदेखि न्युनतम ०.१८ प्रतिशतसम्मले गुमाएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंक (सीपी) का लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा थोरै कमाउनेमा सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । यसबाहेक, युनाइटेड फाइनान्स र वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.७७ र ७.३७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । पोखरा फाइनान्स, वोरियन्टल होटल्स, जनउत्थान सामुदायिक लघुवित्त, सिद्धार्थ इक्विटी ओरियन्टेड फण्ड लगायतका लगानीकर्ताले पनि कमाएका छन् । 

किसान माइक्रोफाइनान्स र नेरुडे लघुवित्तका लगानीकर्ता चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । फस्र्ट माइक्रोफाइनान्स, युनिलिभर नेपाल, स्वरोजगार लघुवित्त, नेपाल ग्रामीण विकास बैंक, सिटिजन्स बैंक, मिरमिरे माइक्रोफाइनान्स, नविल बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।