Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिडी रेसियो ९०% माथि हुने बैंकलाई राष्ट्र बैंकको पत्र

२०७९ असार २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात)को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंकले बढी सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई पत्रचार गर्दै जवाफ माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । राष्ट्र बैंकले असार मसान्तपछि नियम अनुसार सिडी रेसियो ९० प्रतिशत बढी हुने बैंकहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले हालै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सिडी रेसियो ९० प्रतिशतभन्दामाथि कटाउने बैंकलाई असार मसान्तको समय सीमा सम्झाएको थियो । राष्ट्र बैंकले सीइओहरुलाई सिडी रेसियोको व्यवस्था परिवर्तन नहुने र असारभित्र सीमा ल्याउनुपर्ने भनेको थियो ।