Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेपाल लाइफ इन्सुरेन्सः यी हुन् मुख्य मुख्य बीमा योजना

२०७९ असार २ गते

बैंकिङ खबर/ बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको एक मात्र इन्सुरेन्स कम्पनी हो, नेपाल लाइफ इन्स्योरेन्स ।

नेपालले अबलम्बन गरेको आर्थिक उदारीकरण नीति सँगै आमनेपाली जीवनको सुरक्षा र सम्बृद्धिको चाहनालाई परिपूर्ती गर्ने उद्देश्यले निजी क्षेत्रका ख्यातीप्राप्त औद्योगिक तथा व्यापारिक घरानाहरुको समूहबाट मिति २०५८/०१/२१ मा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा यस कम्पनी स्थापना भएको हो ।

जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । चुस्त आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलताको सोह्रौं वर्ष पार गरी जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

यस कम्पनीले जर्मनी स्थित विश्वको ख्यातीप्राप्त, पुर्नबीमा कम्पनी ह्यानओभर रि–इन्स्योरेन्स कम्पनीसँग पुर्नबीमा गरेको छ । कम्पनीले आम जनताको सुरक्षा र सम्बृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक फरक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ । यस क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापना गर्न कम्पनीले नेपाल लाइफ किनकि जीवन अमूल्य छ… भन्ने ब्राण्डलाई सशक्त बनाउँदै आएको छ ।

यस्ता छन् केहि बीमा योजना

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।

यस बीमामा १८ देखि ७० वर्ष सम्मको कुनै पनि  स्वस्थ व्यक्तिले प्रवेश गर्न पाउनेछन् भने अधिकतम बीमाङ्क आफ्नो आय आर्जनको आधारमा छनोट गर्न सक्नेछन् ।

मुख्य विशेषताहरुः
क) बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + आर्जित बोनश, बीमा अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।”
ख) बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा “बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ ।”
 ग) दुर्घटना मृत्यु लाभ सुविधा (ADB)  लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।”
घ) दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त (ADB/PTD/PWB) सुविधा लिएका बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा “बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।”

यस बीमा योजना अन्तर्गतका केहि सुविधाहरुः

  • यस बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा १% सम्म छुट पाउन सकिन्छ ।
  • यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गर्नुको साथै ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्नुको साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण लिन सकिन्छ ।

यस ब्रोसरमा उल्लेखित जानकारीहरु सम्भाब्य सर्वसाधारण ग्राहकहरुलाई नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजनाको बारेमा बुझाउने र सिकाउने उदेश्यले राखिएको हो । यस बीमा योजना अन्तर्गत बीमालेखको अपवाद तथा नेपाल लाइफको विभिन्न नियम र सर्तहरू लागु हुनेछन् ।

नेपाल लाइफ अनमोल जीवन बीमा योजना

“नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना

भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भुक्तानि पश्चात  पनि  जोखिम वहन गर्नु को साथैे  कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य  भुक्तानी लिन सक्नु यो योजनाको मुख्य विशेषता हो ।

विशेषताहरुः

१)    बीमा योजनाको नाम    ः    “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार    ः    सावधिक तथा आजिवन जीवन बीमा  (मुनाफामा सरिक हुने)           

  [Whole Life Endowment  Plan With Profit ] 
३)    प्रवेश उमेर    ः     १८ वर्ष देखि ६५ वर्ष
४) ऐच्छिक सुविधा ADB/PTD/PWB) प्रवेश उमेर    ः१८ वर्ष देखि 
५)    बीमाअवधि    ः    न्यूनतम ५ वर्ष देखि अधिकतम ५० वर्र्ष सम्म
६)    बीमा समाप्तिमा अधिकतम उमेर    ः    ७० वर्ष
७)    बीमा शुल्क भुक्तानि तरिका    ः    वार्षिक, अर्धवार्षिक , त्रैमासिक र मासिक
८)  न्यूनतम बीमाङ्क रकम    ः     रू २५,०००र-(पच्चिसहजार)
९) अधिकतम बीमाङ्क रकम    ः     आयश्रोतको आधारमा गर्न सकिने

१०) यस योजनामा समावेश भएका सुविधाहरु ः    
    बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
    वार्षिक   – १% छुट
    अर्ध वार्षिक – छैन
    त्रैमासिक -३ % थप
    मासीक -६ % थप

ऋण तथा समर्पण सुविधा

  • वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
  • समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
  • बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा , पूणर् अवधि भुक्तानि  (Maturity)  भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको Survival Benefit लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
  • बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात को समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
  • बीमा अवधि भुक्तानि पश्चात  को लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै छनौट गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ र यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन ।
  • वीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण तथा Survival Benefit सुविधा लिनको लागि Maturity सम्मको सम्पूणर् किस्ता समयमा नै भुक्तानि गरेको हुनुपर्ने छ ।

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने ।

बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB)
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सक्ने छ ।

घातक रोग सुबिधा (Critical Illness Rider) 
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००र-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।

११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :  

पूर्ण अवधि भुक्तानि (Maturity Benefit)
बीमालेख चालु रहि बीमा अवधि भुक्तानी  मिति सम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानि को अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।

आंशिक अवधि भुक्तानि (Survival Benefit)ः
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि  समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको वीमांङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
    क) बीमितको उमेर ७५ वर्ष  पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।    
    ख) बीमितको उमेर ८० वर्ष  पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
    ग) बीमितको उमेर ८५ वर्ष  पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
    यदि बीमाशुल्क भुक्तानि अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानि उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।

मृत्यु दावि भुक्तानि (Death Benefit) :
    बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
    बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही  बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित  बोनस  बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानि दिइने छ ।
    सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि भुक्तानी पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र विमितको मृत्यु भएमा पूनः वीमांङ्क बराबरको रकम प्रदान गरिने छ । 
    वीमा अवधि भुक्तानी पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा (Rider Benefits)  वापतको रकमको दावि भुक्तानी दिइने छैन ।
    यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु विमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
    यदि दुर्घटना मृत्यु लाभ तथा पूणर् अशक्तता लाभ सुविधा (ADB /PTD/PWB ) लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूणर् अशक्तता भएमा वांकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूणर् अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
    सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा  वीमा अवधि भुक्तानी पश्चात को थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।

जीवन सहारा

क) यस बीमा योजनाका विशेषताहरू

न्यूनतम बीमाङ्क रकम             : रू. ५,०००/—

अधिकतम बीमाङ्क रकम         : आयश्रोतको आधारमा

न्यूनतम प्रवेश उमेर                : १६ वर्ष

अधिकतम प्रवेश उमेर            : ६५ वर्ष

न्यूनतम बीमा अवधि               : ५ वर्ष

अधिकतम बीमा अवधि           : ५४ वर्ष

अधिकतम परिपक्क उमेर       : ७० वर्ष

नोटः– बिमाड्ढ रू. ५०,०००/– देखि ९९,०००/– सम्म बिमा गर्दा प्रतिहजार रू. १/– थप लाग्ने छ ।

ख) बीमाशुल्क भुक्तानी तरिका : 

वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक

ग) बीमा शुल्कमा छुट :

वार्षिक             १.५% छुट

अर्ध वार्षिकमा        छैन

त्रैमासिकमा           ३% थप

घ) बीमाड्ढमा छुट: 

रू. २,००,००० सम्म                       छैन

रू. २,०१,००० देखि ३,००,०००         रू. १ प्रति हजार

रू. ३,०१,००० देखि माथि                रू.२ प्रति हजार

ङ) बीमा भुक्तानी दिने अवस्था (जीवन सहारा) :

क) बीमा अवधि समाप्तीसम्म बीमित जिवितै रहेमा :

                बीमाङ्क + आर्जित बोनस भुक्तानी गरिनेछ ।

ख) बीमा अवधिभित्र बीमितको मृत्यु भएमा :

                कालगतिले मुत्यु भएमाः बीमाङ्क र उक्त अवधि सम्मको बोनस भुक्तानी गरिने छ ।

                दुर्घटनाबाट मृत्यु भएमा (बीमितले यो सुविधा लिएको खण्डमा मात्र):

                बीमाङ्क + आर्जित बोनस +ADB वापत थप बीमाङ्क रकम (दुर्घटना लाभ अधिकतम रू. १,००,००,०००/— सम्म) भुक्तानी गरिनेछ ।

                दुर्घटनाबाट अपाङ्ग/असक्त भएमाः अपाङ्ग/असक्त सुविधावापतको बीमाङ्क रकम मासिक १२० समान किस्तामा बीमितलाई भुक्तानी गरिने छ ।

ग) बीमा अवधि समाप्तीपछि बीमितको मृत्यु भएमा :

                कालगतिले मृत्यु भएमाः बीमितको ईच्छाइएको व्यक्तिलाई चुक्ता बीमालेख मानि बोनस बाहेकको मूल बीमाङ्क भुक्तानी गरिनेछ ।

                दुर्घटनाबाट मृत्यु भएमा :

                दुर्घटना लाभ लिएको बीमालेख अन्तर्गत बीमा अवधि समाप्ती भएतापनि बीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटनाबाट मृत्यु भएमा निजले ईच्छाइएको                          व्यक्तिलाई बीमाङ्क +ADB वापत थप बीमाङ्क रकम (अधिकतम रू. १,००,००,०००/— सम्म) भुक्तानी गरिने छ ।

                जीवन सहारा जीवनसँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दर :

                ADB:- Accidental Death Benefit रू. १/– प्रति हजार

                ADB/PTD/PWB:- रू. २/– प्रति हजार (दुर्घटना/अपाङ्ग/असक्तता लाभ)

जीवन सारथी बीमा योजना

जीवन सारथी बीमा योजना जीवन बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा याजेना हो । श्रीमान, श्रीमती (दम्पत्ति) दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसी भित्र दुवैको जीवन बीमा हुन सक्नु नै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित भइरहनेछ । शिक्षित भई आय आर्जनमा लागेका विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी यस जीवन सारथी बीमा योजना तर्जुमा गरिएको छ ।

जीवन सारथी बीमा योजनामा विशेषताहरू

न्यूनतम बीमाङ्क रकम             : रू. ५,०००÷—

अधिकतम बीमाङ्क रकम         : आयश्रोतको आधारमा

न्यूनतम प्रवेश उमेर                : १८ वर्ष

अधिकतम प्रवेश उमेर            : ५० वर्ष

न्यूनतम बीमा अवधि               : १५ वर्ष

अधिकतम बीमा अवधि           : ३० वर्ष

अधिकतम बीमा समाप्ति उमेर : ६५ वर्ष

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थप :

वार्षिक बीमाशुल्क भुक्तानीमा   : छुट छैन

अर्ध वार्षिकमा                        : ३ प्रतिशत थप

त्रैमासिकमा                           : ४ प्रतिशत थप

बीमाङ्कको आधारमा बीमाशुल्क दरमा छुट :

बीमाङ्क रकममा छुट

रु. १,५०,००० सम्म छुट छैन

रू. १,५१,००० देखि रू. ३,००,००० सम्म रू. १ प्रति हजार

रू. ३,०१,००० देखि रू. ५,००,००० सम्म रू. १.५ प्रति हजार

रू. ५,०१,००० देखि माथि रू. २ प्रति हजार

दुर्घटना लाभ सुविधाः रू. १ करोड सम्म थप रू. १ प्रति हजार प्रति व्यक्ति

उमेर गणना गर्ने तरिका

यदि श्रीमानकाे उमेर ३० वर्ष छ र श्रीमतीको उमेर २४ वर्ष मात्र छ भने दुवैको उमेरमा ६ वर्षको फरक भयो । माथि तालिकामा देखाइए अनुसार ६ वर्ष फरक हुनेमा कम उमेर भएकोमा ३ वर्ष थप गरी दम्पत्तिको संयुक्त उमेर गणना गर्दा २७वर्ष कायमगरी सोही अनुसार लाग्ने प्रिमियम हिसाब गरिन्छ । यदि दुवैको उमेर बराबर छ भने कुनै थप गर्नु परेन । श्रीमानकाे उमेर ४० वर्ष छ र श्रीमतीको उमेर ३० वर्ष छ भने दुबै बीचको उमेरमा १० वर्षको फरक छ । यस्तोमा माथि तालिकामा देखाइए अनुसार श्रीमतीको उमेरमा ६ वर्ष थप गरी संयुक्त उमेर ३६ वर्ष कायम गरी हिसाब गरिन्छ ।

जीवन सारथी बीमा योजनामा बीमाङ्क रकम भुक्तानी दिने अवस्थाहरू

१)    बीमाको समाप्ति मिति सम्म श्रीमान् श्रीमती दुवै जिवित रहेमा बीमा गरेको रकम (बीमाङ्क) र त्यसमा पाइने बोनस समेत हिसाब गरि एकमुष्ट रकम दिइने छ ।

२)    बीमा अवधि समाप्त हुन भन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुई मध्येकुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गरिन्छ । तर यस पछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ र यसमा जीवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुन बीमाङ्क रकम र शुरु देखिको बोनस रकम एकमुष्ट दिइन्छ । यसरी दुई पटक बीमाङ्क रकम दिने अवस्था यस बीमा योजनामा गरिएको छ ।

३)    बीमा अवधि भित्र दुवै बीमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिइने छ ।

४)    यदि दुबै दम्पत्तीले दुर्घटना लाभ सुविधा लिएको छ र दुर्घटनाकै कारणले एकै बीमा वर्ष (Policy Year) भित्र दुबैको दुर्घटना घटेको १८० दिन भित्र मृत्यु भएमा दुर्घटना वापतको बीमाङ्क रकमको दोब्बर रकम भुक्तानी गरिने छ । एक पटक दुर्घटना लाभ सुविधा लिए पश्चात यदि अर्को वर्षमा जीवित दम्पत्तीको कुनै कारणले दुर्घटना भएमा पुनः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन ।

ऋण तथा समर्पण सुविधा

१) बीमालेख प्रारम्भ मिति (Date of Commencement) बाट दुई वर्ष पूरा भएपछि मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ ।

२) समर्पण मूल्य प्राप्त भएको बीमा लेखमा समर्पण मूल्यको अधिकतम ९०% सम्म कर्जा प्राप्त गर्न सकिने छ ।

३) जीवन सारथी जीवन बीमासँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दरः

                ADB:- Accidental Death Benefit रु. १/– प्रति हजार प्रति व्यक्ति ।

जीवन ज्योती

जीवन ज्योति बीमा योजना सिमित भुक्तानी सावधिक जीवन बीमा हो । पटक पटक बीमा शुल्क भुक्तानी गर्न झन्झट मान्ने ग्राहकहरुलाई मध्यनजर राखी एकल तरिका अनुरुप तथा किस्ता बन्दीमा पनि बीमा शुल्क भुक्तानी गर्न सकिने र आफ्ना बालबच्चाको नाममा समेत एकमुष्ट रकम जम्मा गरी उनिहरुको भविश्य उज्ज्वल बनाउने नयाँ किसिमको बीमा योजना हो ।

यस बीमा योजनामा बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा वा बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र उक्त समय सम्मको आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइने व्यवस्था छ ।

विशेषताहरुः

१) बीमा योजनाको प्रकार : सिमित भुक्तानी सावधिक जीवन बीमा [Limited Payment Endowment Plan]  (मुनाफामा सरिक हुने)

२) प्रवेश उमेर : १ वर्ष देखि ६५ वर्ष

३) ऐच्छिक सुविधा (ADB/PTD/PWB) प्रवेश उमेर : १६ वर्ष देखि ६५ वर्ष

४) बीमा अवधि : न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष सम्म

४) बीमा समाप्तिमा अधिकतम उमेर : ७० वर्ष

५) बीमा शुल्क भुक्तानि तरिका : एकल, वार्षिक, अर्ध वार्षिक र त्रैमासिक (१ देखि १० वर्षसम्मको बच्चाका लागि एकल मात्र)

६) न्यूनतम बीमाङ्क रकम : रू ५,०००/–, एकल भुक्तानी योजनामा रु. १०,०००/– बीमाङ्कको पनि बीमा गर्न सकिने ।

७) अधिकतम बीमाङ्क रकम : आय स्रोतको आधारमा जति पनि गर्न सकिने छ ।

८) केटाकेटी सम्बन्धि विशेष व्यवस्था : १ वर्ष पुगेका वच्चा देखि १० वर्ष उमेर समूहमा एकल बीमाशुल्क भुक्तानीको बीमा मात्र गर्न सकिने । ऐच्छिक सुविधा (ADB) उपलब्ध नहुने । यो उमेर समूह अन्तर्गतको न्यूनतम बीमाङ्क रु. १,००,०००/– रहनेछ । केटाकेटीको नाममा २०,००,०००/– भन्दा बढीको बीमा गर्न परेमा प्रस्तावकको पनि त्यति नै बीमाङ्क बराबरको बीमा यस कम्पनीमा गरेको हुनुपर्दछ ।

९) बीमाशुल्क भुक्तानी अवधि :

बीमा अवधि   बीमा शुल्क भुक्तानी अवधि

५ वर्ष  एकल

१० वर्ष ५ वर्ष

१५ वर्ष ५ वा १० वर्ष

२० वर्ष ५, १० वा १५ वर्ष

२५ वर्ष ५, १०, १५ वा २० वर्ष

३० वर्ष ५, १०, १५, २० वा २५ वर्ष

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थप :

वार्षिक बीमाशुल्क भुक्तानीमा   : २ प्रतिशत छुट

अर्ध वार्षिकमा : १ प्रतिशत छुट

त्रैमासिकमा    : छुट छैन

मासिक : ५ प्रतिशत थप

बीमाङ्कको आधारमा बीमाशुल्क दरमा छुट :

बीमाङ्क रकममा छुट

रु. २,००,००० देखि ५,००,००० सम्म रू. १ प्रति हजार

रू. ५,००,००० देखि माथि रू. २ प्रति हजार

१०)   यस योजनामा समावेश भएका सुविधाहरु :    

ऋण तथा समर्पण सुविधा

क)    एकल बीमा शुल्क भुक्तानी गरेको अवस्थामा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मुल्य प्राप्त हुनेछ ।

ख)    एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरीकाको हकमा ३ वर्षको बीमा शुल्क भुक्तानी गरे पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

ग)    समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :

(ऐच्छिक)

 १६ वर्ष माथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/– सम्मको दुर्घटना लाभ (ADB) सुविधा लिन सकिने ।

बीमाशुल्क छुट तथा पूर्ण अशक्तता सुविधा (ADB/PTD/PWB) :

दुर्घटना लाभ :

 १६ वर्ष माथिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००÷–सम्मको दुर्घटना तथा स्थायी अशक्तता सुविधालिन सक्ने छ ।

११.    बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :

क) बीमालेख चालु रहि बीमाअवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमा लेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश बीमा अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।

ख) बीमालेख चालु रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ट दिइने छ ।

ग) बीमालेख चालुरही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश साथै दुर्घटना लाभ बापतको थप बीमाङ्क रकम भुक्तानी दिइनेछ ।

घ) बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमा शुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग/अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।

१२. जोखिम प्रारम्भ :

केटाकेटीको जोखिम बीमा प्रारम्भ मितिले दुई वर्ष पुरा भए पछि वा बच्चाको उमेर ६ वर्ष पुरा भए पछिको बीमालेखको वार्षिकोत्सव मिति मध्ये जुन घटना पछि घट्छ सो मिति देखि प्रारम्भ हुनेछ तर बीमालेख जारी गर्दा प्रवेश उमेर १० वर्ष पुगेको बच्चाको जोखिम प्रारम्भ १ वर्षपछि बीमालेखको वार्षिकोत्सव मितिबाट मात्र प्रारम्भ हुने ।

केटाकेटीको जोखिम प्रारम्भ हुनु अगावै मृत्यु भएमा भुक्तानी गरिएको बीमाशुल्क (अतिरिक्त शुल्क बाहेक) र उक्त रकममा वार्षिक ५% साधारण ब्याज दरले हुने रकम समेत फिर्ता हुने ।

Ad