Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डबाहिर कोइरालाको आमरण अनशन

२०७९ असार १ गते

बैंकिङ खबर/ पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्ड बाहिर आमरण अनशन सुरु गर्नुभएको छ ।
कोइरालाले साढे ११ बजेबाट खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन सुरु गर्नुभएको हो ।

कोइरालाको यो तेस्रो आमरण अनशन हो। पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताउनुभयो । पुँजीबजार सुधार र विस्तारका मागसहित लगानीकर्ताहरु गत जेठ २० गतेबाट आन्दोलनरत छन्।

Ad