२०७३ आश्विन ६ गते

बोनस सेयरबाटै पुँजी पुर्याउँदै शाइन रेसुंगा डेभलपमेन्ट बैंक

shineशाइन रेसुंगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले आकर्षक वोनस सेयर पाउने भएका छन् । बैंकको विहीबार विहान बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

गौमुखी विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक गाभिएर बनेको बैंकको चुक्तापुँजी हाल ८६ करोड ८४ लाख रुपैयाँ पुगेको छ । शाइन रेसुंगा १० जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, आगामी असार मसान्तसम्ममा बैंकले एक अर्ब २० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने हुन्छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी एक अर्ब १० करोड पुग्नेछ । यसबाहेक चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको निर्धारित पुँजी पुर्याउने योजना बैंकको छ ।