
बैंकिङ खबर/ काठमाडौं उपत्यका बाहिरका लगानीकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर लगानीकर्ताको आन्दोलनलाई समर्थन जनाएका छन् ।
गुल्मी, पर्वत लगायतका जिल्लाहरुमा लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् । पूँजी बजार संघर्ष समितिले सोमबार उपत्यका बाहिरका लगानीकर्ताहरुले आफ्नो जिल्ला प्रशासन कार्यालयमा पूँजी बजारको सुधारका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोहि अनुसार लगानीकर्ताले प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
काठमाडौंमा पनि लगानीकर्ताले आन्दोलन जारी नै राखेका छन् । सोमबार पनि लगानीकर्ताहरु माइतिघरमा जम्मा भएर बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।
लगानीकर्ता संघर्ष समितिले १९ बुँदे माग राखेर गत सातादेखिनै आन्दोलन जारी राख्दै आएको छ । समितिले गत सोमबार धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउँदै आन्दोलनको सुरुवात गरेको थियो । सो पश्चात दैनिक रुपमा नै लगानीकर्ताले माइतिघरमा विरोध प्रदर्शनी जारी राख्दै आएका छन् ।