Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मोबाइल बैंकिङ प्रयोगमा छलाङ: १ करोड ७६ लाख बढी प्रयोगकर्ता

२०७९ जेष्ठ ३० गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ बढी रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ बैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या १ करोड ७३ लाख ८२ हजार ४४८ रहेको थियो ।

यसै आर्थिक वर्षको बैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, समीक्षा अवधिमा भूक्तानीको औजार वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ८४ लाखबाट १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा १ करोड ४ लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट ८ अर्ब १ करोड ९२ लाख रुपैयाँ, २ लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र २ लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट १ अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

अन्य डिजिटल भुक्तानीका साधनहरु कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएस लगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ ।