
बैंकिङ खबर/ पिपुल्स् पावर लिमिटेडले आईपीओ निष्कासन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। हाइड्रोपावरले जेठ २७ गते सार्वजनिक निष्कासन(आईपीओ) जारीका लागि बोर्डबाट अनुमति पाएको हो।
बोर्डबाट निष्कासन अनुमति पाएको कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ जारी गर्ने तयारी छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा (स्थानीय) र सर्वसाधारणका लागि अंकित मूल्य प्रतिकित्ता १०० का दरले आईपीओ जारी गर्ने भएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।