Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा बढुवाको लागि २ जनाको नाम सिफारिस

२०७९ जेष्ठ २७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको पदमा बढुवाको लागि २ जनाको नाम सिफारिस भएको छ । नेपाल धितोपत्र बोर्डको पदपूर्ति समितिको बैठकले कार्य सम्पादन मुल्यांकनको आधारमा डा.नवराज अधिकारी र विनयदेव आचार्यलाई कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) पदमा बढुवाको लागि सिफारिस गरेको हो ।

अब उहाँहरुमाथि दाबी विरोधको लागि ३५ दिनको समय रहेको छ । सो अवधिमा मुद्दा मामिला वा दाबी विरोध नपरे उनीहरु स्वत कार्यकारी निर्देशक पदमा बढुवा हुनुहुनेछ । हाल बोर्डका कार्यकारी निर्देशक रहेका निरज गिरीले यहि जेठ ३१ गते अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

हाल धितोपत्र बोर्डमा ८९ जनाको दरबन्दी रहने छ । पछिल्लो समय अर्थ मन्त्रालयले १ जना कार्यकारी निर्देशक, २ जना उप कार्यकारी निर्देशक, ५ जना निर्देशिक र बाँकि ८ जना सहायक तहका कर्मचारीको दरबन्दी थप गरेको थियो ।

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् । त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्। हाल कार्यकारी निर्देशकमा ३ जनाको र उपकार्यकारी निर्देशकमा ८ जनाको दरबन्दी छ। त्यस्तै बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा रहने ब्यवस्था छ ।

Ad