Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा क्यापिटल लिमिटेडको डिम्याट र मेरोशेयर खाता नविकरणमा विशेष योजना

२०७९ जेष्ठ २५ गते

बैंकिङ खबर/ गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहकहरुले मिति २०७९ आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने व्यहोरा सम्पूर्ण ग्राहकहरुमा जानकारी गराएको छ ।  

यसै क्रममा, आफ्ना ग्राहक हरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोशेयर खाता (DEMAT And MEROSHARE ACCOUNT) नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । 

क) दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजन ः

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९।– (अक्षरेपी: नौ सय उनान्सय रुपँैया मात्र) भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ । 

ख) पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना: 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ४९९।– (अक्षरेपी : चार सय उनान्सय रुपँैया मात्र)  भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।  

ग) आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण योजना : 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १,९९९।– (अक्षरेपी:  एक हजार नौ सय उनान्सय रुपैयाँ मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोशेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नुहुनेछ ।  

) नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण योजना: 

यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु १५०।– (अक्षरेपी:  एक सय पचास रुपँैया मात्र) भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्नुहुनेछ ।  

साथै, हितग्राही र मेरोशेयर खाता नविकरणमा ग्राहकहरुको सहजताका लागि देहाय बमोजिका लिंकहरुको व्यवस्था गरिएको छ स्  

१. दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि: 

 https://tinyurl.com/24rbw3tb

२. पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि: 

 https://tinyurl.com/24rbw3tb

३. आजीवन Lifetime डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि: 

  https://tinyurl.com/24rbw3tb

४. नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि:  

https://tinyurl.com/24rbw3tb

यस सम्बन्धी थप जानकारीका लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ वा मोबाईल नम्बर ९८४७३७९१०८/९८६६२९८५०६ मा सोझै सम्पर्क गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले हितग्राही र मेरोशेयर खाता नविकरणको सुविधा देशैभर फैलिएको गरिमा विकास बैंक लिमिटेडका शाखाहरुबाट समेत उपभोग गर्न सक्नुहुनेछ 

Ad