Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पुनरावलोकन गर्छौः अध्यक्ष हमाल

२०७९ जेष्ठ २५ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मार्जिक प्रकृतिको सेयर धितो कर्जामा पुनरावलोकन गर्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

बोर्डको ३० औँ वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै बोर्ड अध्यक्ष हमालले राष्ट्र बैकसँग समन्वयन गरेर मार्जिन प्रकृतिको सेयर, धितो कर्जाको व्यवस्था पुनरावलोकन गर्ने बताउनुभयो । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पुनरावलोकन गर्दै लगानीकर्ताको गतिरोध अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

गतिरोध अन्त्यका लागि राष्ट्र बैंकसँग छलफल भइरहेको उहाँले बताउनुभयो । वित्तीय क्षेत्रका नियमनकारी निकायबीच समन्वयन भई एक ठाउँमा आउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

अन्तर्रास्ट्रिय द्वन्द्व, इन्धनको मूल्यवृद्धि, तरलता अभाव ब्याजदर वृद्धिजस्ता कारणले बजारमा दबाब भइरहको र सेयर बजार घटेको उहाँको भनाइ छ ।

लगानीकर्ताको समस्या कोर्ड जानकार रहेको र समाधानका लागि प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । यसैगरी, बुक बिल्डिङलाई अटोमेटिक सिस्टम इलेक्ट्रोनिक अक्सन सिस्टममार्फत प्रभावकारी र पारदर्शीरूपमा वास्तविक क्षेत्रका काम्पनीलाई बजारमा भित्र्याउने पनि उहाँले बताउनुभयो ।

यस्तै, बजेटमा समावेश, एक अर्बभन्दा बढी पुँजी भएका, पाँच अर्बभन्दा बढी वार्षिक कारोबार भएको, पाकृतिक स्रोतको उपयोग गर्ने, र सरकारको सहुलियत, अनुदान लिएका कम्पनीलाई पुँजी बजारमा ल्याउने वातावरण तयार गर्ने उहाँले बताउनुभयो ।

Ad