Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पक्राउ परेका लगानीकर्ताहरु छुटे, आन्दोलनका कार्यक्रम थप शसक्त बनाउने

२०७९ जेष्ठ २५ गते

बैंकिङ खबर/ नेप्से परिसरमा आन्दोलनका क्रममा पक्राउ परेका लगानीकर्ताहरु छुटेका छन् । मंगलबार पूँजी बजार सुधारका लागि विभिन्न माग राख्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका लगानीकर्ताहरु रिहा भएका हुन् ।

पूँजी बजार सुधार र विकास संर्घष समितिका संयोजक तिलक कोइराला सहित अन्य चार लगानीकर्ता रिहा भएका हुन् । शेयर बजार सुधारका लागि दबाव दिँदै आएका लगानीकर्ताहरुले पक्राउ परेपछि सिंहदरबार प्रहरी परिसर भित्रैबाट अनसन शुरू गरेका थिए ।

संयोजक कोइरालाले आमरण अनसन र पक्राउ परेका नवराज उप्रेती, सिताराम संजेल, नानी बाबु खरेल र पासाङ शेर्पा रिले अनसन बसिरहेका छन् ।

पक्राउ परेका लगानीकर्ताहरू रिहा भएपछि लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रमहरुलाई थप शसक्त बनाउने भएका छन् । बुधबार ३ बजे माइतीघर मण्डलामा बजार हितका लागि उठाईएका १९ बुँदे मागहरुलाई पुरा गर्नको लागि सरोकारवाला निकायलाई दबाव दिने सर्घष समितिको तयारी छ ।

Ad