Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लगानीकर्ताका समस्यालाई गम्भीर रुपमा लिएको छुः गभर्नर अधिकारी

२०७९ जेष्ठ २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुजी बजारमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।
पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको भेटमा गभर्नर अधिकारीले लगानीकर्ताको समस्यालाई आफूले गम्भिर रुपले लिएको अध्ययन गरेर समस्या समाधानको लागि सहजीकरण गर्ने बताउनुभयो ।

‘समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै सेयर लगानीकर्ताको समस्यालाई गम्भीर रुपमा अध्ययन गर्नेछौँ’, भेटमा गभर्नर अधिकारीले भन्नुभयो, ‘समस्या समाधानका लागि सहजीकरण गर्ने विषयमा छलफल अगाडि बढाउने छौँ।’

संघकी अध्यक्ष राधा पोख्रेलले गभर्नर अधिकारीलाई भेटेर पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराइएको बताउनुभयो । ‘गभर्नर अधिकारीसहित राष्ट्र बैंकको सञ्चालक समितिका पदाधिकारीहरु पनि हुनुन्थ्यो’, उहाँले थप्नुभयो, ‘उहाँहरुलाई हामीले सेयर बजारमा परेको दबाब, ४–१२ को क्याप र सीडी रेसियोले पारेको प्रभावका विषयमा अवगत गराएका छौँ।’

Ad