Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

२०७९ जेष्ठ १९ गते

बैंकिङ खबर/ ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. द्वारा रथ तान्ने भक्तजनहरुलाई २०० (दुई सय) थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक लि., कुमारीपाटी शाखामार्फत वितरण गरेको छ ।

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरिएको बैंकले जानकारी गराएको छ ।

यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाका कारण मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Ad