June 1st, 2022

बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

बैंकिङ खबर/  बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले यस्तो बचत खाता सार्वजनिक गरेको हो । 

यसमा हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदर तोकिएको छ । यस्तो ब्यवस्थासहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् । 

“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउनेछन् । साथै १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । 

ग्राहक महानुभावहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS, खाताको विवरण, मेरो सेयर ऋयललभअत क्ष्एक्, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।

  • यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
  • वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
  • न्यूनतम् मौज्दात रु १०,०००।
  •  त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
  •  नि:शुल्क चेक बुकको ब्यवस्था ।
  • Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
  • सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
  • विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा नि:शुल्क प्रदान गरिने ।
  •  ग्राहक महानुभावहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
  • पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
  • नि:शुल्क खाताको विवरण उपलब्ध गरिने ।
  •  पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा ।

साथै, बैंकको ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा महानुभावहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउनुहुने विश्वाश बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]