Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१३ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो ९१ प्रतिशत

२०७९ जेष्ठ १७ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ।

जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ र दोस्रो साता (जेठ १३ गतेसम्म) ६ अर्ब रुपैयाँ रुपैयाँले बढेको हो। जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी एनबीएका अनुसार जेठ लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढेको छ। जेठको पहिलो साता कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेकोमा दोस्रो साता थप ४ अर्ब रुपैयाँ लगानी भएको छ।

जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ। गत वैशाख मसान्तसम्म कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.४१ प्रतिशत रहेको एनबीएले जनाएको छ ।

Ad