Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर बेच्दै नेपाल बैंक

admin २०७३ आश्विन ४ गते
सेयर:

nepal bankनेपाल बैंकले फेरि पनि नागरिक लगानी कोषको दुई लाख कित्ता संस्थापक सेयर विक्रि गर्ने भएको छ ।  बैंकले आफ्नो बित्तीय अबस्था सुधार गर्न उक्त सेयर विक्रि गर्न लागेको हो । केही समयअघि मात्रै बैंकले लगानी कोषको झण्डै चार लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । जसमध्ये ६० हजार कित्ता बिक्री हुन बाँकी रहेको थियो । सोही सेयरमा एक लाख ४० हजार कित्ता सेयर थप गरेर विक्रि गर्न लागेको बैंकले जनाएको  । 

नेपाल बैंकले फेरि प्रति कित्ता तीन हजार पाँच सयको दरमा दुई लाख कित्ता बिक्री गरेर कम्तिमा ७० करोड रुपैयाँ आम्दानी गर्ने लक्षय लिएको छ । यसअघि सोही मूल्यमा लिलाम गरेर सेयरबाट एक अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको थियो । नेप्सेमा केही दिन अघि सेयर किनबेचको कारोबार भएर त्यसको नामसारी र राफसाफ समेत भईसकेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।