Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेन्ट्रल फाइनान्सका लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर

२०७३ आश्विन ४ गते
सेयर:

centralसेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना लगानीकर्तालाई २२ दशमलव ५ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको २१५ औं बैठकले लगानीकर्तालाई साढे २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ ।