Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गण्डकीमा बैंक, वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने

२०७९ जेष्ठ १४ गते

बैंकिङ खबर/गण्डकी प्रदेशमा बैंक, वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा उक्त विषयलाई समेटिएको छ

प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको छ। उहाँले आगामी आवको लागि २२ पृष्ठको ८७ बुँदे सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको हो ।
सिद्धान्त र प्राथमिकतामा प्रदेश गौरवका आयोजना तथा प्रदेशका रणनैतिक महत्त्वका आयोजनालाई समयमा नै सम्पन्न गर्न स्रोतको व्यवस्थापन गरिने, वित्तीय हस्तान्तरण भएर स्थानीय तहमा विनियोजन भएको बजेटको कार्यान्वयन अवस्थाको र प्रगतिको विवरण तत्काल प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिने उल्लेख छ ।

बजेटको अख्तियारी, खर्च निकासा, बेरुजु व्यवस्थापन र न्यूनीकरण तथा सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि पूर्णरुपमा डिजिटल प्रणाली अवलम्बन गरी वित्तीय सुशासन र पारदर्शिता कायम गरिने उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट हुने लगानीको सुरक्षण नीति अवलम्बन गरिने, समग्र वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने, बैंङ्क तथा वित्तीय संस्थाको पहुँच नपुगेका नागरिकलाई सहकारी एवम् लघुवित्त संस्थाको विकास र विस्तार गरी वित्तीय समावेशीता सुनिश्चित गरिने उल्लेख छ ।

सिद्धान्त र प्राथमिकतामा जग्गाको न्यूनतम मुल्यमा भइरहेको कारोबारलाई यथार्थ मुल्यमा कारोबार हुने गरी वैज्ञानिक करको दायरा निर्धारण गरिने, घरजग्गा कारोबार अधिक हुने क्षेत्रमा स्थानीय तहसँगको साझेदारी एवम् सहलगानीमा कच्ची सडकलाई कालोपत्रे गरिने, यसका माध्यमबाट प्रदेशको आन्तरिक आय वृद्धि गरिने उल्लेख छ ।

Ad