Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना, ११८ जनाले गरे रक्तदान

२०७९ जेष्ठ १४ गते

बैंकिङ खबर/ सिन्धु विकास बैंक लिमिटेड, बाह्रविसेको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत बाह्रविसे नगरपालिका वडा नं. ४ स्थित बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बाह्रविसे नगरपालिका नवनिर्वाचित नगर प्रमुख बाल कृष्ण बस्नेत, उप प्रमुख मन्जु तामाङ्ग, बाह्रविसे नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष तथा नव निर्वाचित जनप्रतिनिधि ज्यूहरु, नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकका प्रतिनिधिहरु लगाएत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिति रहेको थियो ।

उक्त खुला रक्तदान कार्यक्रममा बाह्रविसे नगरपालिकाका नव निर्वाचित नगर प्रमुख बाल कृष्ण बस्नेत, उप प्रमुख मन्जु तामाङ्ग लगायत जनप्रतिनिधिहरुलाई बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बधाई तथा शुभकामना समेत प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा बाह्रविसे बजार लगायत आसपास क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैंक वित्तीय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ११८ जनाले रक्तदान गर्नु भएको थियो ।

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, SCT डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBA लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

Ad