Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

२०७९ जेष्ठ १४ गते

एजेन्सी । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ । 

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । कम्पनीले बैशाख २८ देखि जेठ ४ गतेसम्म सर्वसाधारणलाई प्राथमिक सेयर निश्कासन गरी जेठ ९ गते बाँडफाँड सम्पन्न गरेको गरिसकेको छ ।

Ad