Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राप्ति हाइड्रोकाे आइपीओ जेठ २४ गतेदेखि निष्काशन

२०७९ जेष्ठ १३ गते

बैंकिङ खबर/ राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले यहि जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओको आकार कम्पनीको जारीपूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि दरखास्त दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा आगामी असार ७ गते र ढिलोमा असार २२ गते बैंकिङ समयपछि हुनेछ ।